Logo

कसले देखायो डोटीमा भारतीय झण्डा



काठमाडौँ । डोटीमा आजदेखि प्रादेशिक महोत्सवको शुरुवात गरिएको छ । महोत्सवको अवसरमा निकालिएको कलश यात्रामा भारतीय झण्डाको प्रयोग भएको छ ।

कशल यात्रामा सुदूरपश्चिम प्रदेशकी उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री माया भट्टको पनि सहभागिता रहेको थियो। कार्यक्रममा तीन वटै सुरक्षा निकायको पनि सहभागिता रहेको जनाइएको छ ।

कलश यात्राको क्रममा अगाडी मन्त्री र पछाडी सुरक्षा निकाय भएपनि विचमा भने भारतीय झण्डा फहराईएको देखिन्थो।आयोजक डोटी चेम्वर अफ कमर्सले बिरोध बढेपछि भारतीय झण्डालाई हटाएको थियो ।



प्रतिक्रिया दिनुहोस्