Logo

जिल्लामै विकास गरे कोही विदेशिनु पर्दैनः पूर्व राष्ट्रपति यादव



धादिङ, १७ फागुन । पूर्व राष्ट्रपति डा रामवरण यादवले स्थानीय तहको सरकारले विकासका लागि काम गर्ने र सीप तथा रोजगारीमूलक शिक्षामा लगानी गरेमा कोही पनि विदेश जानु नपर्ने बताउनुभएको छ ।

जिल्ला होटल सङ्घङले आज धादिङबेँसीमा आयोजना गरेको ‘धादिङ पर्यटन तथा औद्योगिक मेला’को उद्घाटन गर्दै डा यादवले वर्तमान संविधानअनुसार सबै सरकारले शिक्षामा लगानी गरी विकासका लागि काम गर्नुपर्नेमा जोड दिनुभयो । मिलेर विकास गर्नका लागि सबैको साझेदारी र हातेमालो हुनुपर्नेमा जोड दिँदै डा यादवले ४० लाख नेपाली विदेशमा रहेकाले उनीहरुलाई गाउँघरमै रोजगारी दिन सरकारले काम गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा सङ्घीय सांसद खेमप्रसाद लोहनी, पूर्वमन्त्री कल्पना धमलालगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । मेलामा दुई सय प्रदर्शनी कक्ष रहेको छ ।रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot