काठमाडौं १८ फागुन । अरुण तेस्रो जनविद्युत आयोजनाको प्रसारण लाइन निर्माणका लागि भारत सरकारले एसजेभिएन (सतलज विद्युत निगम) लिमिटेडलाई स्वीकृति दिएको छ ।
अरुण तेस्रोलाई भारतको केन्द्र सरकार र हिमाञ्चल प्रदेश सरकारको साझेदारीमा खोलिएको एसजेभिएनले निर्माण गर्न लागेको हो ।
एसजेभिएनले नेपालमा अरुण तेस्रो जलविद्युत आयोजना निर्माण गर्न सहायक कम्पनी एसजेभिएन–अरुण तेस्रो खोलेको छ । उक्त कम्पनीले ४ सय केभी क्षमताको २१७ किलोमिटर लामो प्रसारण लाइन निर्माण गर्नेछ ।
प्रसारण लाइन संखुवासभाको दिदिङदेखि धनुषाको ढल्केवर हुँदै नेपाल–भारतको सीमा बथनासम्म पुग्नेछ । –नागरिक दैनिकबाट