Logo

अधिकारीको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त



काठमाडौँ,१९ फागुन । नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का नेता भरतमोहन अधिकारीको निधनले आफूलाई दुःखित तुल्याएको बताउनुभएको छ ।

सभापति देउवाले आज एक शोक विज्ञप्तिमार्फत पुराना नेता श्रद्धेय अधिकारीको बिदाइसँगै मुलुकले एक असल र अनुभवी राजनीतिज्ञ गुमाएको र आफूले व्यक्तिगत रुपमा एक सहृदयी मित्र गुमाएको बताउनुभयो ।

‘पञ्चायतको अन्त्य र प्रजातन्त्र स्थापनाका लागि अनवरत सङ्घर्षमा उहाँको भूमिकासँगै यो क्षण म राजनीतिक सहकार्यको संस्कृति निर्माणमा उहाँले पु¥याउनु भएको योगदान स्मरण गरिरहेको छु,” विज्ञप्तिमा भनिएको छ ।

सभापति देउवाले नेता अधिकारीको निधनप्रति व्यक्तिगत एवं पार्टीका तर्फबाट गहिरो शोक व्यक्त गर्दै नेकपा पार्टी र उहाँको परिवारजनप्रति समवेदना व्यक्त गर्नुभएको छ । पूर्वउपप्रधानमन्त्रीसमेत रहुनभएका नेता अधिकारीको उपचारका क्रममा शनिबार राति काठमाडौँमा निधन भएको थियो । रासस



प्रतिक्रिया दिनुहोस्