Logo

‘मविरुद्ध फर्जी उजुरी पर्यो’



काठमाडौं, २१ फागुन । मुस्लिम आयोगका प्रस्तावित अध्यक्ष समिम अन्सारीले संसदीय सुनुवाइ विशेष समितिमा आफू विरुद्ध परेका सबै उजुरी फर्जी भएको दाबी गरेका छन् ।

मंगलबार संसदीय सुनुवाइ विशेष समितिमा आफुमाथि परेका उजुरीका बारेमा स्पष्ट पार्ने क्रममा अन्सारीले सबै उजुरी फर्जी भएको दाबी गरेका हुन् । उनले आम जनमानसमा आफ्ना बारे भ्रम श्रृजना गर्ने षडयन्त्र अनुसार एउटै पेनले एकै जनाले फरक फरक हस्ताक्षर गरि उजुरी दायर गरेको जिकिर गरे ।

उनले भाषा विज्ञबाट आफूले प्रमाणित गराएको जिकिरका साथ प्राप्त उजुरीमा प्रयोग भएको भाषा, शैली र हस्ताक्षर एउटै व्यक्तिको भएको र निवेदनमा उल्लेख गरिएको नामका व्यक्ति नै नभएको समेत दाबी गरे । उनले आफ्नो कुनै पनि त्रुटी नभएको दाबी गर्दै कुनै पनि हालतमा नभाग्ने र नहट्ने बताए ।

तस्विर : मुकुन्द कालिकोटे 



प्रतिक्रिया दिनुहोस्