Logo

‘चार आयोगका अध्यक्षको नाम अनुमोदित’



काठमाडौँ, २१ फागुन । संसदीय सुनुवाइ विशेष समितिले चार संवैधानिक आयोगका प्रस्तावित अध्यक्षको नाम अनुमोदन गरेको छ । मंगलबार अपरान्ह बसेको समितिको बैठकले वित्त आयोग, समावेशी आयोग, मधेसी आयोग र थारू आयोगका अध्यक्षको नाम अनुमोदन गरेको हो ।

वित्त आयोगमा बालानन्द पौडेल, समावेशी आयोगमा शान्तराज सुवेदी, मधेसी आयोगमा डा.विजयीकुमार दत्त र थारू आयोगमा विष्णुप्रसाद चौधरीको नाम अनुमोदन गरेको हो । समितिको अनुमोदनपछि उनीहरुलाई राष्ट्रपतिले नियुक्ति गर्ने व्यवस्था छ ।

मधेसी आयोगमा डा.विजयीकुमार दत्त

तस्विर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्