Logo

‘राजालाई लोकतन्त्र बुझाउने देउवाले मलाई पाठ सिकाउनुपर्दैन्, अब सभापति बन्न दिन्नौं’



काठमाडौं, २१ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवाले राजालाई लोकतन्त्र बुझाएकोले आफूलाई लोकतन्त्रको पाठ सिकाउन नमिल्ने आरोप लगाएका छन् ।

आज राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण हुने कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै कोइरालाले यस्तो आरोप लगाएका हुन् । उनले भने,‘देउवाले राजालाई लोकतन्त्र बुझाएका हुन् । उनले लोकतन्त्रको कुरा गर्ने ? मलाई लोकतन्त्र सिकाउने ? उनले लोकतन्त्र सिकाउन मिल्दैन् ।’

पार्टी सभापति देउवा निरंकुशतातर्फउन्मुख रहेको पनि कोइरालको आरोप छ । उनले भने,‘देउवा अहिले निरंकुशतातर्फ उन्मुख छन् । देउवाजीले महासमितिको स्पिरिटलाई सम्मान गर्नुभएन् । यो उहाँको महाभुल हो ।’

त्यस्तै उनले धमलासँगको कुराकानीमा पार्टीको महाधिवेशन एक वर्षभित्र गराउनुपर्ने आफूहरुको अडान रहेको सुनाए । उनले वर्तमान सभापति देउवालाई अब सभापति बन्नबाट रोक्ने घोषणा गरे । उनले महाधिवेशनको मिति नै तोक्न लगाउनेगरि आफूहरु छलफलमा जुटेको पनि खुलासा गरे । कोइरालाले भने,‘आजपनि त्यही भएर हामी प्रकाशमानजीको घरमा छलफलमा जुटेका हौं ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot