काठमाडौं २२ फागुन । नेपाल प्रहरीले गृह मन्त्रालयसँग सातवटा हेलिकप्टर खरिद गर्न बजेट माग गरेको छ ।
खोज तथा उद्धार र विपद् व्यवस्थापनका लागि सातवटै प्रदेशमा सातवटा हेलिकप्टर आवश्यक भएको भन्दै खरिदका लागि प्रहरीले बजेट माग गरेको हो ।
सशस्त्र द्वन्द्वको समयमा पनि प्रहरीले हेलिकप्टर खरिद गर्नका लागि गृह मन्त्रालयसँग बजेट माग गरेको थियो । तर प्रहरीलाई गृह मन्त्रालयले बजेट उपलब्ध गराएको थिएन ।
नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीले प्रहरी संगठनलाई हेलिकप्टर आवश्यक भएको बताए । प्रहरी संगठनसँग हालसम्म एउटा पनि हेलिकप्टर छैन । –नेपाल समाचारपत्र दैनिकबाट