काठमाडौं २२ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीलगायत विशिष्टहरुको सवारीका लागि मंगलबार साँझ सडक खाली गराइएकोमा चालकहरुले हर्न बजाएर विरोध गर्नुका साथै अवज्ञा गरेका छन् ।
राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी ओली सेनाले गरेको रात्रिभोजमा सैनिक मुख्यालय भद्रकाली जाने क्रममा लामो समय सवारी रोकिँदा सास्ती भोग्नुपरेको भन्दै अवज्ञा गरेका हुन् ।
खानी विभाग, लैनचौर, केशरमहल र राजदरवार संग्रहालयको दक्षिण गेटमा सर्वसाधारणले हर्न बजाएर विरोध गरेका थिए । –कान्तिपुर दैनिकबाट