Logo

देउवालाई गलाउन बिहानै प्रकाशमान सिंहको घरमा गोप्य बैठक सुरु



काठमाडौं २२ फागुन । नेपाली कांग्रेसको संस्थापन इतर समूहले एक ठाउँमा आउन थालेका छन । सभापति शेरबहादुर देउवालाई गलाउन वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला एक ठाउँमा उभिदैछन ।

आज बिहान गत पूर्वमहामन्त्री प्रकाशमान सिंहको चाक्सीबारीस्थित घरमा बैठक सुरु भएको छ । केन्द्रीय समितिले पार्टीको विधान पारित गरेको भन्दै त्यसलाई तत्काल सच्याउन नेतृत्वलाई दबाब दिने तयारी छ । हिजो जिल्ला सभापतिहरुले पनि चेतावनी दिइसकेका छन ।

कांग्रेसका ५६ जिल्ला सभापतिहरूले मंगलबार जारी गरेको संयुक्त विज्ञप्तिमा महासमिति बैठकबाट पारित भइसकेको विषयलाई केन्द्रीय कार्यसमितिको पछिल्लो बैठकले उल्ट्याएको खबरले आफूहरूलाई आश्चर्यचकित बनाएको उल्लेख छ । ‘महासमितिभन्दा ठूलो केन्द्रीय कार्य समिति हुन सक्दैन भन्ने कुरालाई पूर्णतः उपेक्षा गरी पार्टी सभापतिजस्तो गरिमामय पदको विश्वसनीयतासमेत समाप्त गरेको पौडेल सिटौला पक्षको आरोप छ ।



प्रतिक्रिया दिनुहोस्