Logo

प्रकाशमानको घरमा पौडेल-सिटौला समूहको छुट्टै भेला, देउवा समूहलाई ‘टेन्शन’



काठमाडौं, २२ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र यतिवेला सभापति शेरबहादुर देउवाविरुद्ध अर्को समूहले मोर्चाबन्दी सुरु गरेको छ । पछिल्लो समय देउवाविरुद्ध बरिष्ठ नेता रामचन्द्र पौडेल समूहले छुट्टै मोर्चाबन्दी कसेको छ । अहिले पौडेल समूहलाई पार्टीका प्रभावशाली नेता कृष्ण प्रसाद सिटौला समूहले पनि साथ दिएको छ ।

दुवै समूह सामूहिक रुपमा गोप्य छलफलमा जुटेका छन् । देउवाले पार्टीमा विधि र विधान नमानेको र एकलौटी ढंगले अघि बढेको उनीहरुको आरोप छ । बहुमतका आधारमा पेलेर विधान बनाएको र एकलौटी ढंगले अनुशासन समिति गठन गर्न खोजेको भन्दै पौडेल पक्ष आन्तरिक छलफलमा जुटेका हुन्।

नेता प्रकाशमान सिंहको घरमा वरिष्ठ नेता पौडेल, महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष सितादेवी यादव, पूर्व महामन्त्री कृष्ण सिटौला, केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, डा. शेखर कोइराला, कमला पन्त, डा. मिनेन्द्र रिजाल, प्रदीप पौडेललगायत नेता छलफलमा जुटेका छन् ।



प्रतिक्रिया दिनुहोस्