Logo

रिपोर्ट आएपछिमात्रै प्रधानमन्त्री ‘डिस्चार्ज’ हुने



काठमाडौं, २२ फागुन । नियमित स्वास्थ्य परीक्षणको क्रममा आज अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओली सम्पूर्ण रिपोर्ट आएपछिमात्रै डिस्चार्ज हुने भएका छन् ।

काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका प्रधानमन्त्री ओलीको अहिले स्वास्थ्य परीक्षण भैसकेको छ । तर, रिपोर्ट आउन बाँकी छ । प्रधानमन्त्री ओली बुधबार बिहान १० बजे अस्पताल भर्ना भएका हुन् ।

नियमित जाँचका लागि पुगेका प्रधानमन्त्री ओलीको थप परीक्षण गर्नुपर्ने देखिएकाले अहिले निगरानीमा राखिएको त्रिवि शिक्षण अस्पताल, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले जनाएको छ ।

प्रधानमन्त्री ओलीको परीक्षण प्राध्यापक डा. अरुण सायमीको नेतृत्वमा भइरहेको छ ।डा. सायमीले प्रधानमन्त्रीको नियमित स्वास्थ्य परीक्षण सुरु गरिएको जानकारी दिए । स्वस्थ्य परीक्षणको रिपोर्ट आएपछिमात्र उनलाई अस्पतालबाट ‘डिस्चार्ज’ गरिने डा. सायमीले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्