Logo

विशेष अधिवेशन बोलाउनुपर्ने पौडेल समूहको माग



काठमाडौं, २२ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल समूहबीच दुरी बढिरहेको छ । बुधबार प्रकाशमान सिंहको निवासमा बसेको पौडेल समूहको छुट्टै बैठकले यस्तो निर्णय गरेको नेता अर्जुननरसिंह केसीले पत्रकार ऋषि धमलालाई जानकारी दिए ।

सभापति देउवाले महासमितिको भावनालाई कुल्चिएको र पार्टीलाई एकलौटी ढंगले चलाएको भन्दै पौडेल समूहले अब विशेष महाधिवेशन बोलाएर भएपनि अघि बढनुपर्ने निश्कर्ष निकालेको हो । उनीहरुको भेलाले अब सभापति देउवाई विस्थापित गर्नको लागि पनि आन्तरिक गृहकार्य सुरु गरेका छन् । सभापति देउवाले केन्द्रिय कार्य समितिबाट बहुमतको आधारमा विधान पारित गरेकोमा पौडेल समूह रुष्ट छ ।

उनीहरुले केन्द्रिय समिति नै बहिष्कार गर्दै आएका छन् । अहिले पार्टीको केन्द्रिय समितिको बैठक नै स्थगित् भएको छ ।  सभापति देउवाविरुद्ध अर्को समूहले मोर्चाबन्दी सुरु गरेको छ । पछिल्लो समय देउवाविरुद्ध बरिष्ठ नेता रामचन्द्र पौडेल समूहले छुट्टै मोर्चाबन्दी कसेको छ । अहिले पौडेल समूहलाई पार्टीका प्रभावशाली नेता कृष्ण प्रसाद सिटौला समूहले पनि साथ दिएको छ ।

दुवै समूह सामूहिक रुपमा गोप्य छलफलमा जुटेका छन् । देउवाले पार्टीमा विधि र विधान नमानेको र एकलौटी ढंगले अघि बढेको उनीहरुको आरोप छ । बहुमतका आधारमा पेलेर विधान बनाएको र एकलौटी ढंगले अनुशासन समिति गठन गर्न खोजेको भन्दै पौडेल पक्ष आन्तरिक छलफलमा जुटेका हुन्।

नेता प्रकाशमान सिंहको घरमा वरिष्ठ नेता पौडेल, महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष सितादेवी यादव, पूर्व महामन्त्री कृष्ण सिटौला, केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, डा. शेखर कोइराला, कमला पन्त, डा. मिनेन्द्र रिजाल, प्रदीप पौडेललगायत नेता छलफलमा जुटेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्