Logo

रेशम चौधरीलाई अदालतले न्याय दिएन : त्रिपाठी



काठमाडौं, २३ फागुन । सांसद हृदेश त्रिपाठीले टिकापुर हत्याकाण्डका प्रमुख रेशम चौधरीलाई अदालतले जन्मकैदको सजाय गरेर अन्याय गरेको टिप्पणी गरेका छन् ।

आज बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै त्रिपाठीले यस्तो दाबी गरेका हुन् । चौधरीको मुद्दामा अदालतले फैसला गरेको तर न्याय नगरेको बताएका हुन् ।

त्रिपाठीले भने,‘सांसद रेशम चौधरीबारे हिजो कैलाली जिल्ला अदालतले फैसला गरेको छ, न्याय गरेको छैन । आज बिहानमात्रै एकजना पूर्वप्रधानन्यायाधीशले हाम्रा अदालतले फैसला मात्रै गर्छन् न्याय गर्दैनन् भन्नुभयो। जुन सांसद रेशम चौधरीको हकमा पनि भयो ।’



प्रतिक्रिया दिनुहोस्