Logo

संघीय संरचनाबमोजिम नेपालको प्रशासनिक नक्शा सार्वजनिक (फोटोफिचर)



काठमाडौं, २३ फागुन । संघीय संरचनाबमोजिम नेपालको प्रशासनिक नक्शा सार्वजनिक गरिएको छ । बिहीबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्यमा अर्यालले उक्त नक्शा सार्वजनिक गरेकी हुन् ।

सातवटै प्रदेशको टुंगो लागि नसकेको अवस्थामा मन्त्रालयले नक्सा सार्वजनिक गरेको हो । मन्त्रालयले ७७ जिल्ला,७ प्रदेश र ७ सय ५३ पालिकासहितको नेपालको नक्सा चाडै सार्वजनिक गर्ने जनाएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले टुंगो लागेका ३ वटा प्रदेश नक्सामा समावेश गरिएको र टुंगो लाग्न बाँकी ४ वटा प्रदेशको नाम खाली राखेर नक्सा सार्वजनिक गरिएको बताए ।

नेपालको नक्सा गलत रुपमा प्रयोग भएकाले मन्त्रालयले अधुरै भए पनि नक्सा सार्वजनिक गरेको उनको भनाइ छ । मन्त्री अर्यालले सरकारले चाडै भू–उपयोग ऐन ल्याउने जानकारी पनि दिए । भूमि व्यवस्थापनको लागि सरकारले दीर्घकालीन लक्ष्य र योजना बनाएको भन्दै उहाँले खेती योग्य जमिन बाँझो राख्न नपाइने उल्लेख गरे ।

सरकारको समृद्ध नेपाल र सुखी नेपालीको दीर्घकालीन लक्ष्य जमिन बाँझो राखेर सम्भव नहुने भएकाले विशेष नीति बनाएर अगाडि बढ्ने जानकारी दिए । भूमि व्यवस्थापन गर्न सरकारले कानुन निर्माणको तयारी गरेको पनि जानकारी दिए ।

तस्विर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्