Logo

वायु सेनामा हुदा बलत्कारमा परेकि अमेरिकी सिनेटर



वासिङ्टन, २३ फागुन । एक जना अमेरिकी सिनेटरले आफू अमेरिकाको वायुमा सेनामा हुँदा सेनाका उच्चस्तरीय व्यक्तिबाट बलात्कृत भएको आरोप लगाउनुभएको छ ।आफू वायु सेनाले गरेको यौनजन्य हिंसामा परेको एक जीवित उदाहरण भएको रिपब्लीकन सिनेटर मार्था म्याकसेलीले दाबी गर्नुभएको छ ।

सेनाबाट हुने यौनजन्य हिंसाको सुनवाईका लागि बनेको उपसमितिमा उहाँले सो कुरा बताउनुभएको हो ।सेनाको उच्चस्तरमा रहेका ती बलात्कारीले पदको दुरुपयोग गरी यस प्रकारको हिंसा गरेको म्याकसेलीले बताउनुभएको छ ।एरिजोना राज्यबाट सिनेटर पदमा पुग्नु भएकी ५२ वर्षीया म्याकसेली सन् १९८८ बाट २०१० सम्म अमेरिकी वायु सेनामा कार्यरत हुनुहुन्थ्यो ।

उहाँ कर्नल पदबाट अवकाश हुनु भएको समाचारमा जनाइएको छ । आफू बलात्कृत भएको अवस्थामा उनले बलात्कारीको प्रत्यक्ष विरोध नगरेको र धेरै वर्षको अन्तरालपछि म्याकसेलीले यस यौन अपराधलाई बाहिर ल्याउनु भएको हो ।‘यस्ता अपराधबाट धेरै पीडित जस्तै म पनि दोहोरिए जस्तो मलाई लाग्थ्यो,’ म्याकसेलीले बताउनुभयो ।

म्याकसेलीको अभियोगबाट आफूहरु स्तब्ध र दुःखी भएको अमेरिकी वायुसेनाले निकालेको एक विज्ञप्तिमा जनाइएको छ ।म्याकसेलीलाई नौसेनाको एक टुकडीलाई कमाण्ड गर्दै युद्धक विमान चालकका रुपमा पहिलो अमेरिकी महिलाको रुपमा पनि हेरिन्छ ।एजेन्सी



प्रतिक्रिया दिनुहोस्