Logo

गृहमन्त्री थापाले विप्लव समूहलाई जिस्काउँदै भने,‘यो समूह ठूलो चूनौति होईन’



काठमाडौं, २५ फागुन । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले विप्लव समूहको गतिविधि धेरै समय नटिक्ने दाबी गरेका छन् । सरकार शान्ति–सुरक्षाका विषयमा गम्भीर रहेको भन्दै उनले विप्लव समूहले गर्दै आएको विध्वंसात्मक गतिविधि छिट्टै अन्त्य हुने बताए।

कर्णाली प्रदेशको सुरक्षा गोष्ठीमा सहभागी हुन शनिबार सुर्खेत पुगेका गृहमन्त्री थापाले पत्रकाहरूसँग कुराकानी गर्दै यस्तो दाबी गरेका हुन् । उनले विप्लव समूह ठूलो चुनौती नभएको स्पष्ट पारे ।

‘विप्लव चुनौती त होइन, राष्ट्रको सुरक्षा चुनौती भने थोरै थपिएको छ,’ उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भैइसकेकोले यस्तो खालको समूहले पहिलेको जस्तो सुरक्षामा ठूलै चुनौती भने ल्याउन सक्दैन।’



प्रतिक्रिया दिनुहोस्