Logo

‘जहाँतही फोहर फाले कानुनी रुपमै क्षतिपूर्ति तिर्नुृपर्ने’



काठमाडौं, २५ फागुन । सामाजिक वातावरणलाई असर पर्नेगरी जहाँतही फोहर फालेमा अब कानुनी रुपमै क्षतिपूर्ति तिर्नुृपर्ने व्यवस्था हुन लागेको छ । शनिबार चक्रपथ सरसफाई १०० औं विशेष कार्यक्रमको अवसरमा बोल्दै बन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले कानुनमै वातावरण प्रदुषित गर्ने प्रदुर्शकले क्षतिपूर्ति तिर्ने व्यवस्थासहितको वातावरण ऐन ल्याउने तयारी भईरहेको बताए ।

नेपाली काग्रेसका वरिष्ठ नेता अर्जुननरसिंह केसीले राजनीतिक दलप्रति युवापिढीको आशंका र अविस्वास बढ्दै गएकाले बोलेको कुरा पूरा गरेर देखाउनुपर्ने बेला आएको बताए ।

पूर्व कानुनमन्त्री शेरबहादुर तामाङ्ले फोहोर र भ्रष्टाचारी बोकेर मुलुक फोहोर बनिरहेकेकाले सरसफाईका काम हिमालबाट सुरु गर्नुपर्ने बताउनु भयो । तामाङ्ले सिन्धुपाल्चोकको मेलम्चीको पानी काठमाडौंमा आउन खोजेको २५ बर्ष भईसक्दा पनि संहदरवारले नसुन्दा मेलम्चीको पानी आउनु अझै समय कुर्नुपर्ने विडम्बना रहेको बताए ।

कार्यक्रममा रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राईम्स टाईम्स टेलिभिजनका अध्यक्ष ऋषि धमलाले मुलुक फोहोर र भ्रष्टाचारले गाँजिदै गएकाले युवाहरु जागेर देशलाई सफा र सुन्दर बनाउनुपर्ने धारणा राखे ।

चक्रपथ सरसफाई महाअभियानका संयोजक लोकबहादुर टण्डनले चक्रपथबाट सुरु भएको महाअभियानमा हालसम्म ४० हजार अभियन्ता सरिक भएर १५ सय टन फोहोर फालेपनि स्थानीय निकायका जनप्रतिनिधिको सहयोग नपाएको गुनासो पोखे ।

कार्यक्रममा महाअभियानमा सरिक हुने विशिष्ट संघसंस्था र व्यक्तिलाई सम्मानित गरिएको थियो । महाअभियान कार्यक्रम विगत दुई बर्षदेखि हप्ताको प्रत्येक शनिवार दुई घण्टा हुदै आएको छ । जस्मा नेपाली सेना, महानगरिय प्रहरीदेखि महानगरपालिका, विभिन्न संघसंस्थाको सहयोग रहेको छ ।



प्रतिक्रिया दिनुहोस्