Logo

कोलम्बियामा विमान दुर्घटना,चालकसहित १२ जनाको मृत्यु



काठमाडौँ – कोलम्बियामा शनिवार राति भएको विमान दुर्घटनामापरि विमान चालकसहित १२ जनाको मृत्यु भएको छ ।कोलम्बिया सरकारका अनुसार ‘द डगलस डीसी –थ्रि’ विमान देशको मध्य पूर्व क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो ।कोलम्बियाली अधिकारीका अनुसार विमान दुर्घटनाको कारण इन्जिन फेल भएको अनुमान लगाईएको छ ।

दुर्घटनामापरी तरैरा नगरपालिकाका मेयर, उनका पति र छोरी, विमान चालक र को–चालक, एक उड्डयनविद् लगायतको मृत्यु भएको छ । कालम्बियाका नागरिक सुरक्षा आपत सेवाले ट्विट गर्दै दुर्घटनाबारे जानकारी गराएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot