Logo

स्वयंसेविकालाई छ हजार प्रोत्साहन भत्ता



बैतडी, २६ फागुन । बैतडीको दोगडाकेदार गाउँपालिकाले गाउँपालिकाभरिका महिला स्वास्थ्य स्वयंसेविकालाई एकमुष्ट वार्षिक रु छ हजार प्रोत्साहन भत्ता दिएको छ । गाउँपालिकाभरिका ८७ महिला स्वास्थ्य स्वयंसेविकालाई छ हजारका दरले रु पाँच लाख २२ हजार रकम वितरण गरिएको गाउँपालिकाका कार्यालय सहायक अम्बादत्त जोशीले जानकारी दिनुभयो ।

गत वर्ष महिला स्वास्थ्य स्वयंसेविकालाई रु पाँच हजार भत्ता उपलब्ध गराएकामा यो वर्ष रु एक हजार थप गरेर छ हजार पु¥याइएको गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले जानकारी दिनुभयो । स्वास्थ्य क्षेत्रमा महिला स्वास्थ्य स्वयंसेविकाले पु¥याएको योगदानको कदर गर्दै प्रोत्साहन भत्ता दिइएको उहाँले बताउनुभयो ।

महिला स्वास्थ्य स्वयंसेविकाले गाउँघरका नागरिकलाई निःशुल्क सेवा दिइरहेका छन् । नागरिकका लागि जुनसुकै अवस्थामा पनि स्वास्थ्य स्वयंसेविका खटिने गरेका छन् । स्वास्थ्य स्वयंसेविकाको कामको उच्च मूल्याङ्कन गर्दै काम गर्ने हौसला प्रदान गर्न गाउँपालिकाले प्रोत्साहन भत्ता दिइएको गाउँपालिका उपाध्यक्ष पार्वती कार्कीले बताउनुभयो ।

गाउँपालिकाका महिला स्वास्थ्य स्वयंसेविकाले गत वर्षबाट प्रोत्साह भत्ता पाइरहेका छन् । गाउँपालिकाले प्रोत्साहन भत्ता उपलब्ध गराउँदा स्वास्थ्य स्वयंमसेविका धेरै खुशी भएका श्रीकोट स्वास्थ्यचौकीका महिला स्वयंमसेविका गोमती विष्टले बताउनुभयो । गाउँपालिकाले आफूहरुलाई प्रोत्साहन भत्ता उपलब्ध गराउँदा धेरै सजिलो भएको अर्की स्वास्थ्य स्वयंसेविका जयन्ती ऐरीको भनाइ छ ।

महिला स्वास्थ्य स्वयंसेविकाले सुरक्षित प्रसूति सेवा, बालबालिकालाई खोप लगाउने, गर्भवतीलाई आइरन चक्की वितरण गर्ने, बालबालिकालाई भिटामिन खुवाउनेलगायत स्वास्थ्यका आधारभूत कुरामा सहयोग गर्दै आइरहेका छन् । गाउँपालिकाका आठ वडामा ८७ महिला स्वास्थ्य स्वयंसेविका रहेका छन् । बैतडीका १० स्थानीय तहमा ८३२ महिला स्वास्थ्य स्वयंसेविका रहेका छन् ।

जेसीबीले किच्दा मृत्यु, चालक फरार

जेसीबीले किच्दा बैतडीमा शनिबार बेलुका एकको मृत्यु भएको छ । मृत्यु हुने पाटन नगरपालिका–२ का १९ वर्षीय पूर्णानन्द पाण्डेय रहेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिनुभयो ।

शनिबार बेलुका ५ बजेतिर क्याम्पस लाइनमा बाटोमा पैदल हिँडिरहेका पाण्डेयलाई विमानस्थलतर्फ गइरहेको जेसीबीले किच्दा उनको घटनास्थलमै मृत्यु भएका हो । पाण्डेयको शव परीक्षण लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ ।

मृतक पाण्डेय पाटनस्थित भीमदत्त पोलिटेक्निल इन्स्टिच्युटमा आइएसी एजीमा अध्ययनरत रहेका थिए । ठक्कर दिने चालक रतन बुढा फरार रहेका छन् । फरार चालकको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । रासस



प्रतिक्रिया दिनुहोस्