Logo

मेक्सिको रात्रि क्लबमा आक्रमण पन्ध्रको मृत्यु



मेक्सिको सिटी, २६ फागुन । मेक्सिकोको एउटा रात्रि क्लबमा शनिबार भएको आक्रमणमा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ ।

शनिबार भएको यस घटनामा परी अरु तीन जना घाइते भएका स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् । मेक्सिकोको गुआदालाजारा राज्यको सालामान्का शहरमा रहेको ‘ला प्लाया’ नामक रात्रि क्लबमा हतियारधारी व्यक्तिहरुको समूहले आक्रमण गरका बताइएको छ ।

अधिकारीहरुका अनुसार १३ जनाको घटनास्थलमै मृत्यु भएको हो भने अरु दुई जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।

मृत्यु भएका सवै जना पुरुष रहेका छन् भने घाइते सवै जना महिला रहेका छन् । घाइते महिलाको अवस्था चिन्ताजनक रहेको बताइएको छ । रात्रि क्लबमा अज्ञात समूहले गरेको यस आक्रमणमा कैयौ पटक बन्दुक तथा ग्रिनेडसमेतको प्रयोग भएको आक्रमण भएको छ ।

त्यसैगरी मोन्टेरे शहरमा लागूऔषध कारोबार गर्ने एक समूह र सेनाबीच दोहोरो गोली हानाहान हुदाँ सात जना शङ्कास्पद लागूऔषध कारोबार र अन्य एक व्यक्तिको मृत्यु भएको यहाँको सुरक्षा स्रोत पुष्टि गरेका छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्

Screenshot