Logo

१५७ यात्रु बोकेको इथियोपियन एयरलाइन्स दुर्घटनग्रस्त



नैरोबी, २६ फागुन । इथियोपियन एयरलाइन्स बोइङ ७३७ विमान आइतबार बिहान दुर्घटनामा परेको छ । आडीस अबाबाबाट नैरोबी आउदै गरेको विमानमा १४९ जना यात्रु र आठ जना चालक दलका सदस्य रहेका बताइएको छ । इथियोपियाको प्रधानमन्त्रीको कार्यालय र इथियोपियन एयरलाइन्सले दुर्घटनामा परेका परिवारप्रति दुःख व्यक्त गरेको छ ।

“दुर्घटनामा परेका मानिसहरूको परिवारप्रति गहिरो दुःख व्यक्त गर्दछु” भन्दै प्रधानमन्त्री अबी अहमदले ट्वीट गर्नुभएको छ । एयरलाइन्सले खोजी तथा उद्धार कार्यलाई तिव्ररुपमा अगाडी बढाइएको र दुर्घटनामा परेकाहरु जिवितै रहने संभावना कम रहेको पनि जनाएको छ ।

बोले अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समयानुसार विहान ८।३८ मा विमान उडेको थियो । उडेको छ मिनेटपछि विशोफ्टुनजिकै पुगेपछि विमान सम्पर्क विहिन भएको थियो ।अफ्रिकाका विभिन्न गन्तव्यमा उडान गर्ने इथियोपियन एयरलाइन्स अफ्रिकी महादेशमा लोकप्रिय हवाई सेवा प्रदायक एयरलाइन्स हो ।एजेन्सी



प्रतिक्रिया दिनुहोस्