Logo

पार्टीभित्रका गुटउपगुट अन्त्य आवश्यकः थापा



काठमाडौँ, २६ फागुन । नेपाली काङ्ग्रेसका युवा नेता गगनकुमार थापाले पार्टीभित्र देखिएका गुटउपगुट अन्त्य गर्नुपर्ने बताउनुभएको छ । सङ्घीय संसद्, प्रतिनिधिसभाको आजको बैठकपछि पत्रकारसँग कुरा गर्दै उहाँले भन्नुभयो, “पार्टीको सभापति सबैको सभापति हो, उहाँ सभापति नहुँदा गुटउपगुट बनाउन मिल्छ, तर सभापति हुुँदा पनि गुठ बनाउनु विधान विपरित हुन्छ, त्यसैले त्यसको अन्त्य गरिनुपर्छ ।”

नेता थापाले सरकारले स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा चन्द्रकान्त राउत ९सिके० समूहसँग गरेको सम्झौताका विषयमा आपत्ति जनाउनुभयो । “सहमति पत्र सार्वजनिक गर्ने क्रममा प्रभानमन्त्री र नेकपाका अन्य नेताहरु समेत आफैँ सहभागी हुनुभएको छ, त्यस बारेमा सरकारले चित्त बुझ्दो जवाफ दिनुपर्छ”, उहाँले भन्नुभयो ।

शुक्रबार सरकारको तर्फबाट गृहमन्त्री रामबहादुर थापा र डा स्वतन्त्र मधेश गठबन्धनको तर्फबाट संयोजक चन्द्रकान्त राउत सिके समूहसँग ११ बुँदे सहमति भएको थियो । राष्ट्रियसभाका सांसद रामनारायण विडारीले सहमति सकारात्मक भएको भन्दै त्यसमा प्रयोग गरिएको सहमतिसमेत संवैधानिक भएको बताउनुभयो । “भ्रम छर्ने तरिकाले अर्थ लगाउन खोजिएको छ, ती आशंका र आरोप मात्र हुन, किन भने स्वाशासन भनेको संविधानबाट प्राप्त अधिकार हो, त्यो संविधानको प्रस्तावना मै छ”, उहाँले भन्नुभयो, “सांसद विडारीका अनुसार सहमतिमा उल्लेख गरिएको जनमत सङ्ग्रह भन्ने शब्दलाई पनि अपव्याख्या गर्न खोजिएको छ ।”



प्रतिक्रिया दिनुहोस्