Logo

‘विप्लवलाई चिनेको छु, मेरो नक्कल गर्दैमा पार लाग्दैन’ : प्रचण्ड



पोखरा, २७ फागुन । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वार्तामार्फत मुलधारको राजनीतिमा आउन विप्लव समूहलाई आग्रह गरेका छन् ।

सोमबार पोखरामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले यस्तो आग्रह गरेका हुन् । उनले विव्लवलाई राम्रोसँग चिनेको बताए । आफ्नो सचिवालयमा बसेर लामो समय काम गरेको भन्दै प्रचण्डले भने, ‘मैले वा पार्टीले झण्डै २५ वर्षपछि गरेको कुरालाई नक्कल गर्न खोज्नु भएको छ, यो पार लाग्ने बाटो होइन । त्यो बेलाको परिस्थिति र अहिलेको परिस्थितिमा गुणात्मक फेरबदर आइसकेको छ ।’



प्रतिक्रिया दिनुहोस्