Logo

ज्ञानेन्द्र शाहको मधेश भ्रमण कार्यक्रम सार्वजनिक (तालिकासहित)



काठमाडौं, २७ फागुन । पूर्वराजा ज्ञानेन्द्र शाहको मधेस भ्रमणसम्बन्धी कार्यक्रम आज सार्वजनिक भएको छ । पूर्वराजाको मधेस भ्रमण फागुन २९ देखि जनकपुरबाट सुरु हुनेछ । भ्रमणका क्रममा शाह सर्लाही, उदयपूर र सप्तरी जिल्लासम्म पुग्नेछन् ।

शाहका निजी सचिव फणिराज पाठकका अनुसार २९ गते जनकपुरमा बास बसेर पूर्वराजा फागुन ३० गते सर्लाहीको मलङ्गवा जाने कार्यक्रम रहेको छ । त्यहाँ उनले दुर्गा मन्दिरमा पूजापाठ गर्ने कार्यक्रम रहेको छ ।

त्यहाँबाट उनी बास बस्न जनकपुर नै फर्किने छन् । यस्तै चैत १ गते उनले जानकी मन्दिरमा पूजापाठ गर्ने कार्यक्रम रहेको जनाइएको छ । जनकपुरबाट उनी चैत २ गते उदयपुरको गाइघाट जाने कार्यक्रम रहेको छ । गाइघाटमा राधाकृष्ण मन्दिरमा पुजापाठ गर्ने कार्यक्रम रहेको छ भने ३ गते सप्तरीको सखडा भगवतीको दर्शन गर्ने कार्यक्रम रहेको छ ।



प्रतिक्रिया दिनुहोस्