Logo

हवाई आक्रमणमा परी सिरियामा ५० जना मारिए



दमास्कस,२७ फागुन इस्लामिक स्टेट आईएस लडाकूहरुको पकड रहेको मानिने क्षेत्रमा भएको हवाइ आक्रमणमा परी कम्तीमा ५० जना मारिएका छन् ।

सिरियाको राज्यद्वारा सञ्चालित समाचार संस्था सानाले जनाएअनुसार अमेरिकी नेतृत्वको सैन्य हवाई आक्रमणमा परी सोमबार मात्रै उनीहरु मारिएका हुन् ।

डेइर अल जौर प्रान्तमा पर्ने बाघौजमा रहेका आइएस लडाकूहरुलाई लक्षित गरी हवाई आक्रमण भएको जनाइएको छ । आक्रमणमा परी मारिएका मध्ये अधिकांश महिला र बालबालिका रहेको अधिकारीहरुले जानकारी दिएका छन् । अमेरिकाको सहयोग रहेको सिरियन डेमोक्रयाटिक फोर्स ९एसडीएफ०ले आइतबार नै आइएस लडाकू विरुद्ध देशको पूर्वी क्षेत्रमा आक्रमण गर्ने घोषणा गरेको थियो ।

आक्रमण गर्नुअघि एसडीएफले समयसिमा तोकेर आत्मसमपर्ण गर्न आइएस लडाकू र उनीहरुका परिवारलाई आह्वान गरेको थियो ।तर आइएस लडाकू र उनीहरुका आफन्तसहित हजारौले आत्मसमपर्ण गर्न अस्विकार गर्दै लक्षित क्षेत्र छाडेर अन्यन्त्र भागेका थिए । एजेन्सी



प्रतिक्रिया दिनुहोस्