Logo

हङकङमा सुनको मूल्य बढ्यो



हङकङ, २९ फागुन । हङकङ बजारमा सुनको मूल्यमा बुधबार सामान्य वृद्धि भएको छ । बजारमा प्रति ३७ ग्राम ९एक टायल० सुनको मूल्य १२ हजार २१० हङकङ डलर ९करिब एक हजार ५५६ अमेरिकी डलर० मा किनबेच भएको छ ।

चिनीया सुन तथा चाँदी एक्सचेन्ज सोसाइटीका अनुसार बुधबार प्रति ३७ ग्राम सुनको मूल्यमा ८८ हङकङ डलरले वृद्धि भएको हो । बुधबार एक अमेरिकी डलर ७।८५ हङकङ डलरमा किनबेच भएको थियो ।एजेन्सी



प्रतिक्रिया दिनुहोस्