Logo

जोनास दम्पक्तिको ‘बर्निङ्ग’ बिलबोर्डको सूचीमा पाँचौं नम्बरमा



काठमाडौँ,२९ फागुन । अमेरिकी पप गायक तथा बलिउड अभिनेत्री प्रियंका चोपडाका र निक जोनसको जोडी बिवाह पश्चातपनि चर्चामा रहेका छन । केहि समय पहिलेमात्र बिवाह बन्धनमा बाँधियको यो जोडी यतिबेला सफलताको शिखर यात्राको क्रममा रहेका छन ।
तर यतिबेला यो जोडी एउटा गितको कारण चर्चा बटुलि रहेको छ ।

निक जोनसले हालै आफ्ना दाजु र भाइहरुसँग मिलेर एउटा म्यूजिक भिडियो एल्बम ‘सकर’को रिलिज गरेका थिए । जुन म्यूजिक भिडियोमा अभिनेत्री प्रियंका चोपडा र निक जोनसको केमिस्ट्री देखाइएको छ । यो गीत अहिले बिलबोर्डको हट १०० गीतहरुको सूचीमा पहिलो नम्बरमा पर्न सफल भएको छ ।

निक जोनसले एल्बमको सफलताको खुशीमा प्रियंका चोपडालाई लगभग १७ करोड रुपैयाँ मूल्य पर्ने मर्सिडिज कार दिएका हुन् । प्रियंका चोपडाले उक्त कारसँगै पति निक जोनसका साथ तस्बिर खिचाउँदै सामाजिक सञ्जालमा पोष्ट गरेकी छिन् । प्रियंकाले लेखेकी छिन्, ‘जब पति नम्बर १ बन्न सफल हुन्छन्, तब पत्नीलाई उपहारको रुपमा कार प्राप्त हुन्छ ।’

एजेन्सी



प्रतिक्रिया दिनुहोस्