Logo

राजेन्द्र महतोद्वारा विप्लवमाथि प्रतिबन्ध लगाएकोमा सरकारको आलोचना



काठमाडौं, २९ फागुन । राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले विप्लव समूहमाथि सरकारले लगाएको प्रतिबन्धको आलोचना गरेका छन् । उनले प्रतिबन्ध लगाउँदैमा समस्या समाधान नहुने पनि तर्क गरे ।

बुधबार संघीय संसद भवनमा पत्रकारलाई प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् । उनले विद्रोहको कारण नखोजी प्रतिबन्ध गरेर मात्र समस्या समाधान नहुने बताएका हुन् । उनले भने,”हिंस्रक आन्दोलन, सशस्त्र विद्रोह, शान्तिपूर्ण आन्दोलन किन हुन्छ कारणमा जानुपर्छ , कारणमा नगई प्रतिबन्धै प्रतिबन्ध गरेर हुँदैन ।”

उनले प्रतिबन्ध समस्याको समाधान नभएको जिकिर गरे । उनले थपे,‘किन बिद्रोहहरु जन्मिन्छ, त्यो विद्रोह जन्मिने कारणमा जाुनपर्छ। त्यो कारणको समाधान खोज्नुपर्छ ।’



प्रतिक्रिया दिनुहोस्