Logo

ओलीविरुद्ध खनिए माधव नेपाल, विप्लवमाथि लगाएको प्रतिबन्धको ठाडै विरोध



काठमाडौं, २९ फागुन । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधवकुमार नेपालले सरकारले ‘विप्लव’ समूहलाई प्रतिबन्ध लगाएकोमा गम्भिर असन्तुष्टि पोखेका छन् । उनले पार्टीमा छलफल नै नगरी प्रतिबन्ध लगाएको भन्दै यो उचित नभएको तर्क गरे ।

आज संघीय संसद भवन परिसरमा पत्रकारहरुसँग बोल्दै नेता नेपालले यस्तो बताएका हुन् । उनले यस्तो गम्भीर विषयमा पार्टीमा छलफललै नगरी निर्णय गर्ने कार्यशैली ठीक नभएको बताए । उनले थपे,‘पार्टी्भित्र (छलफल) भएको छैन । पार्टी्भित्र गम्भीर विषयमा (छलफल) हुनुपर्थ्यो।’

उनले भने, ‘यस्तो चलन ठीक होइन, राष्ट्रिय महत्वका मेजर कदमहरु उठाउनुभन्दा पहिले बैठक बोलाउनुपर्छ, बैठकमा छलफल हुनुपर्छ, यस्तो किसिमको कार्यशैली उचित होइन । कुनै पनि चिजको निम्ति राम्रो, गम्भीर तयारी गरेर, पर्याप्त छलफल गरेर सरोकार भएका ठाउँमा छलफल चलाएर कदम चाल्नुपर्ने हो, अपरिवक्व ढंगले निर्णय गरेको देखियो।’



प्रतिक्रिया दिनुहोस्