Logo

विश्व मृगौला दिवस : प्रधानमन्त्री ओली कार्यक्रममा सरिक



काठमाडौं, ३० फागुन । प्रधानमन्त्री केपी शर्मा ओली आज विश्व मृगौला दिवसमा आयोजित एक कार्यक्रममा सहभागी भएका छन् ।

विश्व मृगौला दिवसका अवसरमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको नेफ्रोलोजी विभाग फिजिसियन फर सोसियल रेस्पोन्सिविलिटी नेपाल (पीएसआरएन) र स्वतन्त्र विद्यार्थी युनियनले आज बिहान शिक्षण अस्पतालमा आयोजना गरेको कार्यक्रममा ओली सहभागी भएका हुन।

कार्यक्रमका आयोजकसँगै पैदलयात्रा गरेर प्रधानमन्त्री ओलीले मिर्गौला सुरक्षाका लागि खानपान र शारीरिक व्यायाममा ध्यान दिनुपर्नेमा जोड दिएका थिए । प्रधानमन्त्री ओली आफै मृगौला रोगी हुन् । उनको मृगौला प्रत्यारोपण गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्