Logo

सैनिकले श्रीमतीलाई कुटेर यस्तो हालत बनाएपछि…



काठमाडौँ,३० फागुन । भारतको पंजाबमा छुट्टीमा घर आएका एक सैनिकले आफ्नी श्रीमतीलाई निर्घात कुटपिट गरेको खवर अहिले सामाजिक संजालमा भाईरल भईरहेको छ ।भारतिय सेनाका सिपाही निर्मल सिंहले रक्सी पिउन नदिएको भन्दै पत्नीलाई मर्नेगरी निर्घात कुटपिट गरेका छन् ।सैनिकको कुटपिटबाट घाइते पत्नीको एक हात र काँध भाँचिएको सामाचारहरुमा जनाईएको छ ।

रक्सीको नसामा रहेका सिपाई श्रीमानले निद्रा लागेपछि बल्ल उनलाई पिट्न छोडेका थिए ।पीडित पत्नीले श्रीमान सुतेको समयमा राती नै आफ्ना माइतीलाई फोन गरेर घटनाबारे बताएपछि घटना सार्वजनिक भएको बताईएको छ । नसाका कारण निद्रा लागेपछि पत्नी बाँच्न सफल भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ । उनको ११ वर्ष अगाडि फौजी निर्मल सिंहसँग विवाह भएको थियो । भारतीय प्रहरीले अहिले घटनाको जाँचबुझ गरिरहेको छ ।एजेन्सी



प्रतिक्रिया दिनुहोस्