नयाँ दिल्ली, १ चैत्र । भारतीय विज्ञान तथा प्रविधि मन्त्री हर्ष वर्धनले नेपाल–भारत अहिले धेरै राम्रो भएको टिप्पणी गरेका छन् । नयाँ दिल्लीमा रहेका पत्रकार ऋषि धमलासँग संक्षिप्त कुरा गर्दै मन्त्री वद्र्धनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
उनले भने,‘नेपाल–भारत सम्बन्ध धेरै कारणले महत्वपूर्ण छ । हामीबीच रोटी–बेटीको सम्बन्ध छ, धार्मिक तथा साँस्कृतिक सम्बन्ध उस्तै प्रगाढ छ, भुगोलको सम्बन्ध, कसैलेपनि यो सम्बन्ध बिगारेर बिग्रिँदैन् । दुई देशबीच धेरै मजबुद सम्बन्ध छ।’
आफू भारतमा हुने निर्वाचन सम्पन्न भएलगत्तै नेपाल भ्रमणमा जाने उनले विश्वास दिलाए । उनले भने,‘म चुनावपछि नेपाल जान्छु । अहिले द्धिपक्षीय सम्बन्धमा कुनै समस्या छैन।’ मन्त्री वर्धनले नेपालमा हुन गैरहेको लगानी सम्मेलन पूर्ण रुपमा सफल होस भनेर शुभकामना समेत दिएका छन् ।