Logo

न्यूजिल्यान्ड हमला राष्ट्रपतिद्वारा समवेदना



काठमाडौँ, २ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले न्यूजिल्याण्डको क्राइष्ट चर्चस्थित मस्जिदमा भएको नृशंस हत्याको घटनाबाट आफू स्तब्ध भएको बताउनुभएको छ । उहाँले उक्त अमानवीय, बर्बर र आतङ्ककारी क्रियाकलापको भत्र्सना गर्नुभएको छ ।

राष्ट्रपतिले शोकाकूल जनता, पीडत परिवार र न्यूजिल्याण्ड सरकारप्रति हार्दिक समवेदना प्रकट गर्दै दिवङ्गतहरुमा श्रद्धाञ्जलि अपर्ण गर्नुभएको छ । राष्ट्रपति भण्डारीले उक्त घटनामा घाइते भएकाहरुको शीघ्र स्वाथ्यलाभको कामना गर्नुभएको छ ।



प्रतिक्रिया दिनुहोस्