Logo

शिक्षामन्त्रीको राजीनामा माग्दै प्रदर्शन (फोटोफिचर)



काठमाडौं, ३ चैत्र । अस्थायी तथा करार सेवामा कार्यरत शिक्षकहरुले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको राजीनामा माग गरेका छन् ।

आइतबार काठमाडौंको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म सरकारविरुद्ध प्रर्दशन गरेका उनीहरुले आफूहरुको माग सुनुवाई नगरेको भन्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पोखरेलको राजीनामा माग गर्दै चर्का नाराबाजी गरेका हुन् ।

१५ वर्षभन्दा बढि सरकारी सेवामा बिताएका अस्थायी तथा करार सेवामा कार्यरत शिक्षकहरुले आफूहरुलाई स्वतः स्थायी गर्न माग गर्दै करिव २ महिनायता काठमाडौं लगायत देशभर सरकारविरुद्ध धर्ना, विरोध प्रर्दशन गर्दै आएका छन् ।

उनीहरुले आफूहरुको माग सम्बोधन नगरे सरकारविरुद्ध सामूहिक राजीनामा दिनेलगायतका आन्दोलनका कडा कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी पनि दिँदै आएका छन् । नेपालमा हाल करिव ४० हजार अस्थायी शिक्षक रहेका छन् । उनीहरुले स्वतः स्थायी गर्नुपर्ने माग गर्दै सरकारलाई दवाव दिईरहेका हुन् ।

तस्विर : मुकुन्द कालिकोटे/ReportersNepal.com



प्रतिक्रिया दिनुहोस्