Logo

साहित्यिक धावक सापकोटाद्वारा चैत्र २३ गतेबाट प्रथम साहित्यिक सगरमाथा आरोहण–२०७६ गर्ने घोषणा



काठमाडौं, ३ चैत्र । कवि तथा साहित्यकार, प्रथम मेचि–महाकाली साहित्यिक धावक लक्ष्मण सापकोटा ‘विकल्प’ ले प्रथम साहित्यिक सगरमाथा आरोहण गर्ने भएका छन् । उनले यही चैत्र २३ गतेबाट उक्त आरोहण शुरु हुने जानकारी गराएका छन् ।

आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै आरोहीसहित प्रथम साहित्यिक सगरमाथा आरोहण समितिले पत्रकार सम्मेलन गरेर आरोहणको बारेमा जानकारी गराएको हो । सर्वोच्च शिखर सगरमाथा आरोहणमा ५ वटासम्म विश्व कीर्तिमान बनाई पहिलो नेपाली साहित्यकारको रुपमा विश्वको ध्यानाकर्षण गराउने लक्ष्य रहेको आयोजकको दाबी छ ।

आरोहणको बारेमा जानकारी गराउँदै साहित्यकार तथा धावक ‘विकल्प’ले आफु साहित्यिक ब्यानर बोकेर सगरमाथा चढ्ने पहिलो साहित्यकार बन्न गैरहेको दाबी गरे ।  सम्पुर्ण नेपाली साहित्यकारहरुको प्रतिनिधित्व गर्दै सर्वोच्च शिखरमा उभिएर कविता वाचन गर्ने विश्वको पहिलो कवि बनी विश्व कीर्तिमान बनाउनेपनि उनले घोषणा गरे ।

सर्वोच्च शिखर सगरमाथामा नेपाली सामाजिक उपन्यास ‘झट्केली’ को लोकार्पण गर्दे नेपाल प्रज्ञा–प्रतिष्ठानको लोगो, गौतम बुद्धको मुर्ती, पशुपतिनाथ मन्दिरको आकृति, गीता र त्रिपिटकलाई पनि शिखरमा पु¥याउने आफ्नो लक्ष्य रहेको उनले जनाए ।

आरोहणकालागि आफु मानसिक तथा शारिरीक दुवै रुपमा तयार रहेको बताउँदै उनले आरोहणमा आर्थिक सहयोग गर्ने कम्पनीको ‘कर्पोरेट– लोगो’लाई पनि सर्वोच्च शिखरमा पु¥याउने बताए । मेची–महाकालीको माटो तथा पानी, कौडिन्य ऋषिको मुर्ति, राष्ट्रकवि र शताब्दि पुरुष सत्यमोहन जोशीद्धारा हस्ताक्षर गरेको रामायण तथा बिभिन्न ३० जति श्रष्टाहरुको फोटोपनि सगरमाथामा प्रर्दशन गर्ने आफ्नो योजना रहेको उनले सुनाए ।

उनले हिमाललाई आधार बनाएर नेपाली साहित्यको विकास गर्नुपर्ने धारणा सुनाए । उनले भने,‘समुन्द्र भएका देशहरु पानी र समुन्द्रको बारेमा साहित्य सृजना गर्छन, मरुभुमि भएका देशहरु बालुवा र मरभुमिको बारेमा साहित्य कोर्छन भने हामीले हिमालको बारेमा साहित्य किन नकोर्ने ?’ आफुद्धारा लिखित पुस्तक ‘इम्जात्से हिमशिखर चुम्दा’ र महाकबि देवकोटाको मुना–मदन पनि संगै चुचुरोमा लैजाने उनले बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै पूर्व सभासद रामहरि सुवेदीले नेपालमै नयाँ किर्तीमानी राख्न साहित्यको क्षेत्रमा उक्त कार्य हुने विश्वास दिलाए । उनले सगरमाथामा नेपाली साहित्यको क्षेत्रबाट पहिलो किर्तिमान रहन गैरहेकोमा शुभकामना दिँदै साहित्यको विकासमा परिश्रम गरिरहेका साहित्यकारको बारेमा प्रकाश पारेका थिए ।

कार्यक्रममा बोल्दै कवि तथा समालोचक तर्कना शर्माले साहित्यसँगै आफ््नो पहिचान र संस्कृतिको जोर्गना गर्न आवश्यक रहेको बताईन् । आफ्नो देशको साहित्यलाई हिमालसंग तुलना गरेर साहित्य जर्गेनामा लाग्नुपर्ने उनको भनाई छ । शर्माले साहित्यको माध्ययमबाट सगरमाथाको शिखर चुम्नपनि श्रष्टालाई शुभकामना दिईन् ।

त्यस्तै कार्यक्रममा साहित्यकार रामप्रसाद पन्तले उक्त आरोहणमा लाग्ने खर्चको केही प्रतिशत अझै उठ्न बाँकी रहेकोले आफूहरु रकम संकलनकै क्रममा रहेको सुनाए । उनले सम्पूर्ण साहित्यकारहरुको चाहनाअनुसार नै यो कार्य गर्न गैरहेको बताए ।

उनले आफूले अहिलेसम्म लेखेका अधिकांश पुस्तकहरु यात्रासम्बन्धी नै लेखेको सुनाए । उनले थपे,‘मैले अहिलेसम्म लेखेका २८ मध्ये १४ वटा पुस्तक त यात्रासम्बन्धी छन्, अब सापकोटाजीको यो साहित्यिक आरोहण सफल भएपछि नयाँ किताबपनि म लेख्छु।’

उक्त आरोहणलाई सफल तुल्याउनको लागि सहयोग गर्न चाहनेहरुले सनराईज बैंकको धुलिखेल शाखाको खाता नम्बर ०६७०४९७३५३७०१००१ मा रकम जम्मा गर्नसमेत उनीहरुले आग्रह गरेका छन् ।

प्रथम साहित्यिक सगरमाथा आरोहण २०१९
वि.सं. २०७६ बैशाख

व्यक्तिगत विवरण
नाम ः लक्ष्मण सापकोटा “बिकल्प”
जन्म स्थान ः रयाले–१, छरुवा थुम्का, काभ्रेपलाञ्चोक
जन्म मिति ः ०२४÷०९÷२७
स्थायी ठेगाना ः पनौती–८, पाटीथुम्का, काभ्रेपलाञ्चोक
बुबाको नाम ः तुलसीप्रसाद सापकोटा
आमाको नाम ः युवकुमारी सापकोटा
नागरिकता नं. ः २२५५२
धर्म ः हिन्दु
जिल्ला ः काभ्रेपलाञ्चोक
लि∙ ः पुरुष
भाषा ः नेपाली, अंग्रेजी, अरबिक, हिन्दी, उर्दु
शैक्षिक योग्यता ः आइ.कम.
मोबाइल नं. ः ९८४९९२३४८६, ९८४०७२३३१२
तालिम ः
१.मार्सल आर्ट (तेक्वान्दो– ब्लाक बेल्ट लेभल)
२. किक बक्सिङ (बेसिक लेभल)
३. कराँते (बेसिक लेभल)
४. एथलेटिक्स
अनुभव ः
१. २०७१ मंसिर७ गते (२३ नोभेम्बर २०१४) सोलुखुम्बु जिल्लाको ६ हजार २ सय मिटर
अग्लो इम्जात्से (आइल्याण्ड पीक) हिमालको सफल आरोहण । (प्रथम साहित्यिक हिमाल
आरोहण)
२. नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौ देखि विपी राजमार्गको वर्दिवास सम्म २१७
कि.मी साहित्यिक दौड पुरा गर्ने नेपालको प्रथम साहित्यिकार बन्न सफल। (२०७२ भाद्र
१९ गते शुरु गरी भाद्र २४ गते दौड सम्पन्न गरिएको)
३. मेची अञ्चलको काकरभिट्टा (मेची पुल) बाट प्रथम साहित्यिक मेची महाकाली दौडको
शुरु गरी महाकालीको गड्डाचौकी सम्मको १ हजार २६ कि.मि. दौड पुरा गर्ने नेपालको
प्रथम साहित्यकार बन्न सफल। (२०७३ असोज १ गते शुरु गरी २०७३ असोज १८ गते
सम्पन्न गरिएको ।)
४. २०७४ साल मंसिर १० गते (२७ नोभेम्बर २०१७) सोलुखुम्बु जिल्लाको ६ हजार ६ सय
५४ मिटर अग्लो ‘मेरापीक’ हिमालको सफल साहित्यिक आरोहण गरि हिमचुचुरोमा
उभिएर ‘हाम्रो सुन्दर पनौती शहर’, कसको हिम्मत, कसको तागत, शिर्षकका कविता
वाचन गरि हिमचुचुरोमा कविता वाचन गर्ने ‘पहिलो कवि’ बन्न सफल।

संलग्नताः
१. विद्यालय शिक्षक (२०४२ फागुन – २०४५ पौष)
२. नेपाली सेनामा कार्यरत (२०४५–२०५०)
३. सिनियर बाउन्सर (क्यासिनो एभरेष्ट), २०५०–२०५३)
४. स्पेसल पुलिस कमाण्डो फोर्स (युनाइटेड अरब इमिरेट्स, आबुधावीमा कार्यरत, २०५३ भाद्र देखि २०६८ श्रावणसम्म १५ बर्ष)
५. नेपाली समाज यु.ए.ई. केन्द्रिय महासचिव तथा केन्द्रिय उपाध्यक्ष र संगठन विभाग प्रमुख(
२०५३–२०६८)
६. नेपाली साहित्यिक तथा साँस्कृतिक समाज यु.ए.ई.,– संस्थापक अध्यक्ष
७. सर्वदा वाङ्मय प्रतिष्ठान यु.ए.ई.,– संस्थापक अध्यक्ष
८. प्रवासी नेपाली संघ (मञ्च) संस्थापक केन्द्रिय उपाध्यक्ष तथा संगठन विभाग प्रमुख
९. महानन्द सापकोटा वाङ्मय प्रतिष्ठान, काभ्रे नेपाल–अध्यक्ष
१०. जनसाहित्यिक मञ्च, काभ्रेपलाञ्चोक अध्यक्ष
११. प्रगतीशील लेखक संघ, काभ्रेपलाञ्चोक–उपाध्यक्ष

प्रकाशित कृतिहरु
१. कविता सङ्ग्रह–प्रयास (२०६४)
२. कथा सङ्ग्रह–वास्तविकता (२०६५)
३. इम्जात्से हिमशिखरमा चुम्दा (साहित्यिक नियात्रा)–२०७५
४. विभिन्न पत्रिकाहरुमा फुट्कर लेख तथा कविताहरु

प्रकाशोन्मुख कृतिहरुः
१. प्रवासकाकथाहरु
२.लीलावतीको सेरोफेरो (सामाजिक उपन्यास)
३. प्रवासका कथाहरु (कथा सङ्ग्रह)
४. जानी राखौँ (कविता सङ्ग्रह)
५. ‘झटकेली’ सामाजिक उपन्यास

२ ः परियोजनाको लक्ष्य
विश्वको सर्वोच्च शिखर सगरमाथामा नेपाली सामाजिक उपन्यासको लोकार्पण गरी सगरमाथाको शीरमा पहिलो नेपाली कृतिको उपस्थिति गराउनुका साथै एउटै आरोहणमा ५ वटा सम्म विश्व कीर्तिमान बनाई गिनिज बुक अफ द वल्र्ड रेकर्डमा नाम लेखाउने र उत्पादन जागरणको लागि अभियान चलाईरहेको अष्ट ‘ज’ को अभियानलाई संसारभर चिनाउने ।

३ ः परियोजनाको उद्देश्य
१) नेपाल पर्यटन वर्ष २०२० को लोगोलाई सर्वोच्च शिखरमा पु¥याई विश्वभरिका साहित्यकारहरुको ध्यानाकर्षण गर्ने ।
२) सम्पुर्ण नेपाली साहित्यकारहरुको प्रतिनिधित्व गर्दै प्रथम साहित्यिक सगरमाथा आरोहण गर्ने विश्वको पहिलो साहित्यकार बन्ने । साथमा, नेपाल प्रज्ञा–प्रतिष्ठानको लोगोलाई सर्वोच्च शिखरमा पु¥याउने ।
३) सर्वोच्च शिखरमा नेपाली सामाजिक उपन्यास ‘झट्केली’ को लोकार्पण गरी विश्व कीर्तिमान बनाउने ।
४) शान्ति दुत गौतम बुद्धको हलुका मुर्ती (जसमा द्यग्म्म्ज्ब् ध्ब्क् द्यइच्ल् क्ष्ल् ल्भ्एब्ीलेखिएको) तथा हिन्दुहरुका आरध्यदेव भगवान पशुपतिनाथको मन्दिरको आकृतिलाई सर्र्वोच्च शिखरमा
पु¥याउने साथमा गिता र त्रिपिटकलाई पनि शिखरमा पु¥याउने ।
५) सर्वोच्च शिखरमा उभिएर नेपालको राष्ट्रिय गान गाउने।
६) सर्वोच्च शिखरमा उभिएर कविता वाचन गरी, सर्वोच्च शिखरमा उभिएर कविता वाचन
गर्ने विश्वको पहिलो कवि बनी विश्व कीर्तिमान बनाउने।
७) आरोहणमा प्रमुख प्रयोजन गरी आर्थिक सहयोग गर्ने कम्पनीको करपोरेट लोगोलाई सर्वोच्च
शिखरमा पु¥याउने अष्ट ‘ज’अभियान, को लोगोलाई सर्वोच्च शिखरमा पु¥याउने।
८) आदिकवि भानुभक्त आचार्य, मोतीराम भट्ट, देवि प्रसाद सापकोटा, वि.पि. कोइराला, जय
पृथ्वी बहादुर सिंह, महानन्द सापकोटा, महाकवि लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ,
गोकुल जोशी, गोपाल प्रसाद रिमाल, गुरु प्रसाद मैनाली, रमेश विकल, लेखनाथ पौडेल,
भुपी शेरचन, लोक कवि अलि मायाँ, पारीजात, केवलपुरे किसान, शंकरलामिछाने,
शम्भुप्रसाद ढुंगेल, हृदय चन्द्रसिंह प्रधान, सुब्बा कृष्णलाल अधिकारी, कृष्णसेन इच्छुक, युद्ध
प्रसाद मिश्र, जनक प्रसाद हुमागाईँ, कृष्ण प्रसाद पराजुली तथा चर्चित जीवित स्रष्ठा झमक
कुमारी घिमिरे लगायत कवि साहित्यकारहरुको फोटो सगरमाथामा पु¥याउने ।
९) मेची महाकालीको माटो र पानी साथै केचन कवलको माटोलाई सर्वोच्च शिखरमा पु¥याउने ।
१०) सु–प्रसिद्ध कौडिन्य ऋषिको मुर्तिलाई सर्वोच्च शिखरमा पु¥याउने ।
११) भानुभक्तको रामायण तथा मुनामुदन लाई सर्वोच्चा शिखरमा पु¥याउने । (राष्ट्रकवि द्धारा हस्ताक्ष्रित)
परियोजना बजेट

आधार शिविर भन्दा माथिको सेवा
१६. खाना ६२,५००.००
१७. ५० वटा २२५ ग्रामको इपी ग्यास ३१,२५०.००
१८. खाना पकाउने भाँडा तथा चुलो २५,०००.००
१९. ४ वटा उचाइको टेन्ट (भाडामा) १,२५,०००.००
२०. १० वटा नयाँ अक्सिजन तथा २ वटा रिफल अक्सिजन ३,३७,५००.००
२१. नयाँ मस्क तथा रेगुलेटर ९३,७५०.००
२२. उचाइको ९ग्क्ष्ब्न्ः०
गाइड १५,२२,०००.००
२३. उचाइको कामदार ९,७२,०००.००
२४. भैपरि आउने खर्च ५,००,०००.००
२५. क्यामेरा पर्शन( स्पेशल क्लाइम्बर ) २ जना १०,००,०००.००
कुल रकम जम्मा ८५,६१,६५६।–

क्र.सं. विवरण (विस्तृत) रकम
१ राजश्व ७५,०००.००
२ सम्पर्क अधिकृत १०००००.००
३ कर्मचारीहरु तथा सदस्यको बिमा २,१७,६५६.००
४ हवाईसेवा काठमाडौ–लुक्ला–काठमाडौँ २,००,०००.००
५ पदयात्रा अवधिको लागि खाना तथा लज ४,७५,०००.००
६ हवाई ढुवानी (काठमाडौँ–लुक्ला १५० के.जी.) ७५,०००.००
७ आधार शिविरको लागि कुक तथा किचेन ब्वाई ३,००,०००.००
८ आधार शिविरको सेवाः खाना, इन्धन, भान्साको सामग्रीहरु, डाइनिङ तथा सावर टेन्ट, मेट्रेस, टेबल, कुसी ६,७५,०००.००
९ व्यक्तिगत सामानको लागि भरिया (१५ जना आधार शिविर सम्म तथा २ जना फर्कन) ५,७५,०००.००
१० औषधी उपचार ६०,०००.००
११ विद्युतीय सामग्रीको लागि सौर्य उर्जा १,६५,०००.००
१२ डाइनिङको लागि हिटर (३ सिलिन्डर) ९,७५,००.००
१३ ग्यामो ब्याग ५,२५,०००.००
१४ विविध खर्च १,५०,०००.००
१५ सेवा शुल्क ३,२५,०००.००



प्रतिक्रिया दिनुहोस्

Screenshot