Logo

कांग्रेस अनुशासन समितिले पूर्णता पायो (नामसहित)



काठमाडौं, ५ चैत्र । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अनुशासन समितिलाई पूर्णता दिएको छ । बैठकले पाँच सदस्यीय अनुशासन समितिमा उमाकान्त चौधरी र धनराज गुरुङलाई चयन गरेको प्रवक्ता विश्वप्रकाश शर्माले पत्रकार ऋषि धमलालाई जानकारी दिए ।

कांग्रेसले सोमबार भीष्मराज आङदम्बेको अध्यक्षमा देवेन्द्रराज कँडेल र किशोरसिंह राठौर सदस्य रहेको समिति गठन गरेको थियो । उक्त समितिमा सदस्य रहने गरी सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई नाम सिफारिश गर्न आग्रह गरेका थिए । नेता पौडेलले सिफारिश गरेका नामहरु केन्द्रीय समिति बैठकले सर्वसम्मत अनुमोदन गरेको प्रवक्रा शर्माले जानकारी दिए ।

बैठकले राधेश्याम अधिकारीको संयोजकत्वमा केन्द्रीय निर्वाचन समिति गठन गरेको छ । त्यस्तै, बैठकले नेता रमेश लेखकको संयोजकत्वमा पार्टी नियमावली मस्यौदा समिति पनि गठन गरेको छ । समितिमा मीनबहादुर विश्वकर्मा, जीवन परियार, ईश्वरी न्यौपाने र प्रदीप पौडेललाई सदस्यमा चयन गरिएको शर्माले बताए ।



प्रतिक्रिया दिनुहोस्