Logo

आजैबाट पार्टीभित्र एकता र मेलमिलापका लागि पहल गर्ने शशांकको घोषणा



काठमाडौं, ६ चैत्र । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालाले पार्टीभित्र मेलमिलाप र एकता आवश्यक रहेकोमा जोड दिएका छन् ।

काठमाडौंको टोखास्थित आफ्नै निवासमा फागु पर्वका अवसरमा आज आयोजित चियापान कार्यक्रममा उनले पार्टी गुट–उपगुटमा विभाजित भएकाले आफूले आजैबाट पार्टीभित्र एकता र मेलमिलापका लागि पहल गर्ने बताए । फागु पर्व एकता, मेलमिलाप र सम्बन्ध स्थापित गर्ने पर्व भएकाले आजैका दिनबाट पार्टीभित्र एकताको खोजी गरिने उनको भनाइ थियो ।

उनले कार्यकर्ताको चाहना बमोजिम पार्टीलाई एकढिक्का बनाएर अघि बढाउन पार्टी सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेललाई आग्रह गरे । महामन्त्री कोइरालाले पार्टीभित्र पटक–पटक एकताका लागि दुबै नेताले प्रतिबद्धता जनाए पनि एकताको सन्देश दिन भने नसकेको आरोप लगाए ।



प्रतिक्रिया दिनुहोस्