Logo

काठमाडौंमा यस्तो देखियो होलीको उल्लास (फोटोफिचर)



काठमाडौं, ६ चैत्र । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व बुधबार हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ ।

काठमाडौं उपत्यका लगायतका पहाडी जिल्लाहरुमा निकै हर्षोल्लासका साथ होली मनाइएको छ । काठमाडौंका वसन्तपुर, ठमेल, बानेश्वर लगायतका स्थानमा सर्वसाधारणले निकै रोमाञ्चक र उमंगका साथ होली मनाएका छन् ।

तस्विर : मुकुन्द कालिकोटे/ReportersNepal.com



प्रतिक्रिया दिनुहोस्