Logo

विप्लव समूहविरुद्ध प्रहरीको आक्रामक अपरेसन



काठमाडौं ७ चैत । सरकारले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका गतिविधिलाई रोक लगाएपछि प्रहरीले आक्रामक अपरेसन सुरु गरेको छ ।

विप्लव समूहले पहाडी जिल्ला केन्द्रीत गतिविधिलाई तीव्र बनाएसँगै प्रहरी प्रधान कार्यालयले पनि तीनै जिल्लामा अपरेसन केन्द्रीत गर्न मातहतका निकायलाई निर्देशन दिएको छ ।

प्रहरीले आवश्यकताअनुसार नियन्त्रित अनुसन्धान प्रविधि (कन्ट्रोल डेलीभरी) र गुप्च कारवाही (अन्डर कभर अपरेसन) पद्धति अपनाएर अपरेसन सुरु गरेको हो ।

मंगलबार राति महानगरीय प्रहरी अपराध महाशाखाका एसपी सोमेन्द्र सिंह राठौर नेतृत्वको टोलीले काभ्रेमा कारवाही गर्दा पनि सोही पद्धति अपनाएको थियो । –नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot