Logo

सरकारबाट भएका भ्रष्टाचारको पोल खुल्दै जाने सिंहको भनाई



काठमाडौं, ८ चैत्र । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारबाट भएका भ्रष्टाचारको पोल खुल्दै जाने बताएका छन्। उनले सरकारको गलत कामका कारण जनताको चित्त बुझाउन जनप्रतिनिधिहरुलाई गाह्रो भएको गुनासो गरे।

शुक्रबार चाबहिलमा आयोजित कार्यक्रममा नेता सिंहले भने,’केपी ओलीजी के भन्नुहुन्छ भने म पनि भ्रष्टाचार गर्दिनँ, अरुलाई पनि गर्न दिन्नँ । तर, मेलम्चीको ठेकेदार काम छाडेर हिँड्नुको पोल विस्तारै खुल्दै छ । किनभने मन्त्रीले, सचिवले कमिसन माग्दा रहेछन्।’

उनले विकास निर्माणको काममा सरकारले बाधा पुर्‍याएको आरोप लगाए। सरकारको गलत रवैयाका कारण प्रदेश र स्थानीय सरकारले पनि विकासको काम गर्न नसकेको उनको भनाइ छ।



प्रतिक्रिया दिनुहोस्