Logo

‘पार्टी ‘गिरोह’ले सञ्चालन गरेको आरोप’



चितवन, चैत ९ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस बलियो नभए संघीयता खतरामा पर्ने बताएका छन् । नेपाली कांग्रेस रत्ननगर नगर समितिले शनिबार रत्ननगरमा आयोजना गरेको अगुवा प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले लामो संघर्षपछि प्राप्त संघीयतालाई सफल बनाउन आफ्नो पार्टी सजग हुनुपर्ने बेला आएको बताए ।

उनले भने–‘गणतन्त्र र संघीयता धरापमा परेको छ । त्यसको संरक्षणका लागि कांग्रेस लड्नुपर्छ ।’ मुलुकमा दन्डहिनता बढ्दै गएको बताउँदै उनले अहिलेको समयमा लगानीको वातावरण बन्न नसकेको आरोप लगाए ।

राजनीतिक स्थिरता भएपनि वित्तीय संस्था धराशायी बन्दै जानु, व्यापार घाटा बढ्दै जानु दुःखद् रहेको उनको भनाइ छ । नेता कोइरालाले पार्टीलाई ‘गिरोह’ले सन्चालन गरेको बताए ।

उनले भने–‘राजनीतिक संस्कारसँगै नैतिकता सिकाउँदै पार्टीलाई बलियो बनाउनु आवश्यक छ ।’ कांग्रेसलाई बलियो बनाउन महासमिति बैठकको निर्णय कार्यान्वयन गर्दै समयमा महाधिवेशन गर्नु आवश्यक रहेको उनको भनाइ थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot