Logo

प्रदेशलाई समृद्ध बनाउने अभियान



धनकुटा, ९ चैत । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले कृषि क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउँदै प्रदेशलाई समृद्ध बनाउने अभियानमा प्रदेश सरकार क्रियाशील रहेको बताउनुभएको छ ।

नेपाल अलैँची व्यवसायी महासङ्घको छैठाँै साधारणसभा तथा तेस्रो महाधिवेशनको आज धनकुटामा उद्घाटन गर्दै मुख्यमन्त्री राईले प्रदेश नं १ अलैँचीको कूल उत्पादनको ८६ प्रतिशत उत्पादन गर्ने क्षेत्र भएकोले यसलाई व्यवस्थित गर्नका लागि आवश्यक नीति बनाएर अगाडि बढ्न सरकार तयार छ भन्नुभयो ।

प्रदेशमा उत्पादन हुने कृषि जन्य उपजलाई बाहिरी देशमा निकासी गर्नका लागि विभिन्न चरणमा छलफल भइरहेको बताउनुहँुदै मुख्यमन्त्री राईले उत्पादित सामग्रीलाई सजिलै कृषकले बेच्ने व्यवस्था मिलाउन प्रदेश सरकार गम्भीर रहेको बताउनुभयो ।रासस



प्रतिक्रिया दिनुहोस्