काठमाडौं १० चैत । केही समयअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको ‘एक्सरे’ मेसिन पार गरी ठूलो परिमाणमा सुन बाहिर ल्याइयो। त्यसरी सुन फुत्काउन संलग्न भन्सार कर्मचारी र उच्च तहका प्रहरी अधिकारीमाथि अनुसन्धान जारी छ।
भन्सारको एक्सरे मेसिन र बाक्लो संख्यामा प्रहरी परिचालन भएको स्थानबाट सुन कसरी सहजै बाहिरिन्छ ? यसको चित्तबुभ्mदो जबाफ कुनै निकायले दिन सकेको छैन। विमानस्थलबाट निषेधित वस्तु फुत्किन्छन् या मिलेमतोमा फुत्काइन्छ भन्ने विषयमा गम्भीर अनुसन्धान पनि हुन सकेको छैन।
गत सोमबार वैदेशिक रोजगार पूरा गरी मलेसियाबाट फर्किएका तीन नेपालीलाई विमानस्थल प्रहरीले पक्राउ ग¥यो। उनीहरू पक्राउ पर्नुको कारण थियो, ठूलो परिमाणमा सुर्तीजन्य पदार्थ बोक्नु। विदेशबाट आउने नेपालीले दुई सय खिल्ली चुरोट र ५० खिल्ली सिगार ल्याउन पाउँछन्। यस्तै विदेशी नागरिकले दुई सय ५० खिल्ली चुरोट, आधा किलो सुर्ती र ५० खिल्ली सिगार ल्याउन पाउने व्यवस्था छ।
मलेसियन एयरलाइन्सबाट आएका सुनसरीका कमलनारायण विश्वास, मोरङका शैलेन्द्र माझी र नुवाकोटका प्रकाश थपलियालाई भन्सार क्लियरेन्स गरी बाहिरिनेबित्तिकै प्रहरीले नियन्त्रणमा लिएको थियो। प्रहरीले विश्वासको साथबाट तीन सय ४४, माझीको साथबाट नौ सय ८०, थपलियाको साथबाट सात सय ३५ बट्टा सुर्तीजन्य पदार्थ बरामद गरेको थियो। पक्राउ परेका तीनै जनालाई भन्सार कार्यालयको जिम्मा लगाइएको छ।
भन्सार कार्यालयका अधिकारीले गल्ती भएको स्विकारेका छन्। एक अधिकारीले भने, ‘गल्ती भयो, एक्सरेले देखेन।’ प्रहरी अधिकारी भन्छन्, ‘एक्सरे नदेख्नु आश्चर्यजनक भयो।’ त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रशासक गजेन्द्र ठाकुरले एक्सरे मेसिनले सुर्तीजन्य पदार्थ नदेखाएको बताए। ठाकुरले अन्नपूर्णसँग भने, ‘एक्सरे मेसिनले नदेखाउनु गम्भीर विषय हो। यो घटनाले हामीमाथि थप चुनौती थपिएको छ। अब गम्भीर छानबिन गर्छौं।’
‘केही बट्टा चुरोट, सुर्ती ल्याउनुले खास फरक नपर्ला, तर एक्सरे मेसिनले थाहा नपाउनुचाहिँ गम्भीर विषय हो’, विमानस्थलका एक अधिकारीले अन्नपूर्णसँग भने, ‘गैरकानुनी सामान भिœयाउन विगतमा एक्सरे मेसिन बिगारेको र विद्युत् लाइन काटिएका प्रशस्त उदाहरण छन्।’
विमानस्थल प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सन्दीप भण्डारीले भन्सारबाट बाहिरिएपछि तीनैजनालाई सुर्तीजन्य पदार्थसहित पक्राउ गरिएको बताए। एसएसपी भण्डारीले भने, ‘एक्सरे मेसिनले खै कसरी पत्तो पाएन हामी पनि आश्चर्यमा छौं।’ उनले विमानस्थलका हरेक निकाय आफ्नो कार्यक्षेत्रमा जिम्मेवार हुनुपर्ने बताए।
३३ किलो सुन प्रकरणमा पनि त्रिवि भन्सार कार्यालयका कर्मचारीको मिलेमतो देखिएको थियो। सुन तस्करको जालोमा परी भन्सार कर्मचारी र प्रहरी अधिकृतले एक्सरे मेसिनमा नहाली सुन बाहिर ल्याउन सहयोग गरेका थिए। भन्सारका कर्मचारीले मिलेमतोमा भएका कतिपय काममा एक्सरे मेसिन छली गर्ने गरेका छन्।
सेटिङमा ल्याइने कतिपय सामान भन्सारका कर्मचारीले एक्सरे मेसिनमा नहाल्ने स्रोतले बतायो। सुर्तीजन्य पदार्थ भिœयाउन भन्सार कर्मचारीको मिलेमतो भए÷नभएको समेत अनुसन्धानको विषय बनेको छ। एक्सरे मेसिनले सुर्तीजन्य पदार्थ नदेखाउनुमा भन्सारका कर्मचारीको मिलेमतो त छैन भन्ने प्रश्न उब्जाएको छ। कान्तिपुरबाट