Logo

रातो टीका लगाएर परीक्षा हलमा प्रवेश गरिन शान्ता चौधरी



बाल्यकालको सपना पूरा भयो
शरद रेग्मी : दाङ, चैत १० । यस वर्षको कक्षा दशको माध्यमिक शिक्षा परीक्षा एसइई चैत्र दश गते आइतवारदेखि सुरु भएको छ । दाङमा १५ दिने सुत्केरी देखी प्रतिनिधिसभा सदस्य शान्ता चौधरीले समेत परिक्षामा सहभागी भएका छन ।

हातमा प्रवेश पत्र निधारमा रातो टीका । परीक्षा हलमा प्रवेश गर्दै गर्दा प्रतिनिधिसभा सदस्य चौधरीले बाल्यकालको सपना पूरा भएको बताउनुभयो ।

अरु स्कूलले विद्यार्थीसँगै एसइइ परीक्षामा सहभागी भएकी चौधरीले एसइइ मात्रै होइन बुढेसकालमा भए पनि पिएचडी गर्ने सपना भएको बताउनुभयो । नेकपाकी सचेतक समेत रहेकी चौधरी आइतबारदेखि सुरु भएको एसइइ परीक्षामा सहभागी हुनुभएको छ । तुलसीपुर स्थित माध्यमिक विद्यालय तुलसीपुर सेन्टरबाट चौधरीले परीक्षा दिदैहुनुहुन्छ ।

२०७३ सालमा डाँडागाउँ मावि गोग्ली, घोराही–२ मा कक्षा ८ मा भर्ना भएपछि उहाँको औपचारिक कक्षाको पढाई सुरु गर्नुभएको थियो । उहाँ यसपटक आफ्नी १७ वर्षीया छोरी विनु चौधरीसँग एसइइको परीक्षा दिदै हुनुहुन्छ । उहाँकी छोरी विनुले भने बाल सिर्जनालय सेकेण्डेरी बोर्डिङ स्कूल बसुन्धरा, काठमाडौँबाट परीक्षा दिँदै छन ।

विसं २०६४ मा पहिलो पटक समानुपातिकबाट संविधानसभा सदस्य भइसकेपछि विभिन्न समितिमा बस्दा अरू पढेलेखेका सदस्यले घोचपेच गर्न थालेपछि उहाँले पढाइको महत्व बुझेर मनैदेखी पढाई गर्नुपर्छ भन्ने भावना उत्पन्न भएसंगै कक्षा ८ देखी पढाई शुरु गर्नुभएको थियो । यसबर्ष दाङमा एसइई परिक्षा सञ्चालनका लागि ४४ वटा परिक्षा केन्द्र तोकिएको छ ।

जसमा ३८ वटा समुदायिक विद्यालय तथा ६ निजी विद्यालयमा एसइई परिक्षा केन्द्र तोकेको जिल्ला शिक्षा समन्वय इकाई कार्यालय दाङले जनाएको छ । जिल्लामा यसबर्ष ११ हजार ५ सय ४८ विद्यार्थी एसइई परिक्षामा सहभागी भएका छन ।



प्रतिक्रिया दिनुहोस्

Screenshot