Logo

छलफलपछिमात्र बिधेयक ल्याउन सरकारलाई सभामुख महराको सुझाव



काठमाडौं, १३ चैत्र । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले पर्याप्त छलफलपछि मात्र बिधेयक ल्याउन सरकारलाई सुझाव दिएका छन् ।

राष्ट्रिय सूचना आयोगले बुधबार काठमाडौमा आयोजना गरेको सूचनाको हकको राष्ट्रिय सम्मेलन उद्घाटन गर्दे सभामुख महराले बिना छलफल ल्याइएको बिधेयकमाथि गुनासो बढि देखिएको स्पष्ट पारे । उनले पर्याप्त छलफलपछिमात्र ल्याउन सुझाव दिएका हुन् ।

उहाले ऐन कानुन जनताका लागि भएको भन्दै ऐन निर्माणका लागि सरोकारवालाहरुसंगको सुझाव महत्वपूर्ण हुने धारणा पनि राखे । सूचनाकोे हकसम्बन्धी ऐनलाई प्रभावकारी बनाउनका लागि विस्तृत छलफल गर्दे परिमार्जन गर्नुपर्न ेअहिलेको आवश्यकत्ता रहेको उनको भनाई छ । सभामुख महराले सूचना व्यवस्थित् ढंगले बाहिर आए समाजमा हुने बेथितिको अन्त्य हुने जिकिर गरे । उनले रचनात्मक सूचनाको खोजी गर्दै पारदर्शीमा जोड दिए ।

त्यस्तै, सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरी बाँस्कोटाले सूचना आयोगलाई संवैधानिक आयोगको मान्यता दिनुपर्नेमा जोड दिए ।

सम्मेलनमा बिभिन्न ठाउँबाट आएका प्रतिनिधिहरुको सहभागीता रहेको छ । सम्मेलनमा पछिल्लो समय सूचनाहकको प्रभावकारिताका बिषयमा छलफल भएको छ ।

तस्विर : मुकुन्द कालिकोटे/ ReportersNepal.com



प्रतिक्रिया दिनुहोस्

Screenshot