Logo

नेपाल ट्रस्टको १७३ रोपनी जग्गा कसरी पुग्यो व्यक्तिको नाममा !



काठमाडौं १४ चैत । नेपाल ट्रस्ट धनी रहेको एक सय ७३ रोपनी पाँच पैसा जग्गा गैरकानुनी रुपमा व्यक्तिको नाममा बनाएको तथ्य फेला परेको छ ।

मन्त्रिरिषदबाट निर्णय भएको देखाएर नेपाल ट्रस्ट धनी रहेको थानकोट, मातातीर्थ, इचंगु र सतुंगलका जग्गा योजनाबद्ध तरिकाले मालपोत कार्यालय कलंकीबाट व्यक्तिको बनाइएको हो ।

२०६९ भदौ २५ को मन्त्रिपरिषदको निर्णय भन्दै ट्रस्टको जग्गा मोहीको पूर्ण स्वामत्विमा पु¥याइएको छ । तर, उक्त मितिको मन्त्रिपरिषद निर्णय सूचीमा मोही र जोताहालाई ट्रस्टको जग्गा पूर्ण स्वामित्वमा दिने विषय उल्लेख छैन । राजपत्रमा पनि यससम्बन्धी कुनै विषय प्रकाशित छैन । –नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्