Logo

चलचित्र ‘कालो बर्ष’को यस्तो साथी बोलको गित सार्वजनिक(भिडियोसहित)



चैत १४,काठमाण्डौ । चलचित्र‘कालो वर्ष’को ‘यस्तो साथी’बोलको पहिलो गीत  सार्वजनिक गरिएको छ । आज सार्वजनिक गरिएको उक्त गीतमा अन्जु पन्त र विशाल निरौलाको स्वर रहेकोे छ भने शब्द,रचना तथा संगीत खेम सारु मगरले भरेका छन ।

चलचित्रमा ओकेस पनेरु, अनुपा खड्का, पबन भट्टराई, सुरेन्द्र बुढा, रस्मी शाह र रविनको मुख्य भुमिका रहेको छ । योगिराम फिल्मसको मुख्य प्रस्तुति रहेको यस चलचित्रलाई योगेन्द्र प्रसाद पनेरु, राम खड्का र श्याम खड्काको सयुक्त लगानीमा निर्माण गरिएको हो ।

चलचित्रलाइ सुवास देवकोटाले सम्पादन गरेका छन । लक्षु गौतमको निर्देशन रहेको ‘कालो बर्ष’ आगामी बैशाख १३ गतेबाट देशभरीका चलचित्र घरहरुमा एकसाथ प्रदर्शनमा आउँदै छ । यसअघि निर्माण पक्षले चलचित्रको पहिलो पोष्टर गत चैत्र ७ गते सार्वजनिक गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot