Logo

बहाल कर स्वयं घोषणा अभियान शुरु



भक्तपुर, १५ चैत । सूर्यविनायक नगरपालिकाले बहाल कर स्वयं घोषणा अभियान शुरु गरेको छ । नगरपालिकाले बहाल कर कार्यान्वयनमा ल्याउन पहिलो चरणमा स्वयं घोषणाको अभियान शुरु गरेको नगरपालिकाका प्रमुख वासुदेव थापाले जानकारी दिनुभयो ।

अभियानका क्रममा स्वयं बहाल कर घोषणा गर्ने नगरका बासिन्दालाई नगरपालिकाले सम्मान गरेको छ । उक्त नगरपालिका –४ वडा कार्यालय ९दधिकोट० ले आयोजना गरेको सो कार्यक्रममा बहाल कर घोषणा गर्ने स्थानीयवासीलाई उहाँले सम्मान गर्दै पासबुक पनि वितरण गर्नुभयो । वडाध्यक्ष उत्तम थापाको अध्यक्षतामा भएको सो कार्यक्रममा नगर प्रमुख थापाले यस नगरपालिकामा केन्द्र, प्रदेश र स्थानीय तहको गरी एक अर्ब भन्दा बढी रकमबाट विकास निर्माणका कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिनुभयो ।

विकास निर्माणको अभियानमा कर तिरेर आफ्नो दायित्व पूरा गर्ने नागरिक असल नागरिक भएको चर्चा गर्दै उहाँले बहाल करबाट सङ्कलन भएको रकम कर्मचारीको तलब भत्तालगायत प्रशासनिक कार्यमा खर्च नगरी पूर्वाधार विकासका कार्यहरुमा मात्रै खर्च गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नगरपालिकाका राजश्व शाखा प्रमुख अनिरुद्र नेपालले आधुनिक प्रविधि प्रयोग गरी बहाल आयबुझाउने नागरिकको अभिलेख राखिने बताउँदै उनीहरूले बुझाएको करका सम्बन्धमा जानकारी आफै लिनसक्ने बताउनुभयो ।

यो अभियानमा हालसम्म ५०० नागरिकले स्वयं कर घोषणा गरेका र आगामी तीन महीनामा कम्तीमा पाँच हजार पु¥याउने लक्ष्य राखिएको उहाँले बताउनुभयो । अभियानका सहजकर्ता सङ्गीता न्यौपाने, भगवती शिवाकोटी, वडासदस्य राजु लुवञ्जार, देवराज राजथला, कार्यपालिका सदस्य तारा सापकोटालगायतले यो अभियान सफल बनाउन सबै लाग्नुपर्ने बताउनुभयो ।रासस



प्रतिक्रिया दिनुहोस्