Logo

डाक्टर श्रीमानले सुनीतालाई घर–गाडी माग्दै यातना दिन्थे !



काठमाडौं १७ चैत ।थप दाइजो नपाएको निहूँमा सुनीता यादबको घरपक्षले उनलाई विवाहको दोस्रोमहिनादेखि निरन्तर यातना दिएको खुलेको छ ।

उनको उपचारकै क्रममा शुक्रबार राति काठमाडौंको त्रिबि शिक्षण अस्पतालमा मृत्यु भएको छ । सुनीताले ०६२ असार २ मा जिल्ला प्रशासन कार्यालय पर्सामा जीउज्यानको सुरक्षा माग्दै निवेदनसमेत दिएकी थिइन ।

त्यसबेला उनका पति डा. सचितानन्द यादवले आइन्दा गल्ती नदोहोर्‍याउने भन्दै लिखित रुपमै माफी मागेको हरिखेतान बहुमुखी क्याम्पस प्रमुख भगवान यादवले बताए । उनी सुनीताका परिवारिक सदस्य हुन ।

नारायणी अस्पतालमा कार्यरत सचितानन्दसँग बारा, परवानीपुर–५ की सुनीताको ०५९ फागुन ९ मा विवाह भएको थियो । माइती पक्षले १२ लाख ५० हजार नगद, २ लाख ५० हजार बराबरको गरगहना र अन्य सामान गरी झन्डै २० लाख रुपैंयाँ खर्चेको थियो ।

बहिनीलाई पहिलोपटक माइती बोलाउन गएका दाजु मनोहरसँग सचितानन्दका आमाबुबाले डाक्टर छोराका लागि एउटा मारुती कार र वीरगन्जमा घर खरिद गर्न भन्दै थप पैसा मागेका थिए । -कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्